काठमाडौं । थाईल्याण्डमा हुने महिला टी ट्वान्टी स्मास क्रिकेटको तालिका फेरबदल भएको छ । थाईल्याण्ड क्रिकेट एसोसियसनले आयोजना गरेको प्रतियोगितामा परिवर्तित तालिका अनुसार नेपाल समुह एमा रहेको छ । नेपाल रहेको समुह एमा युएईसंगै चीन, मलेसिया र थाईल्याण्ड समावेश छन् ।
त्यस्तै, समुह बीमा थाईल्याण्ड, हङकङ, ईन्डोनेशिया, भुटान र म्यानमार छन् ।
परिवर्तित खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा भोली (शनिबार) चीनसंग खेल्नेछ । त्यस्तै, आगामी आईतबार मलेसिया, सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समुहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।
यसअघिको तालिका अनुसार नेपाल रहेको समुहमा तान्जेनिया, नामिविया, ईन्डोनेशिया र कुवेत समावेश थिए ।
थाईल्याण्ड उड्नु अघि नेपाली महिला टिमका मुख्य प्रशिक्षक विनोद दासले थाईल्याण्डमा हुने प्रतियाेगितामा नेपाली महिला क्रिकेटको वास्तविक धरातल थाहा हुने बताएका छन् ।
महिला क्रिकेटको गतिविधि शुन्य प्राय रहेको अवस्थामा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका दासले अन्तराष्ट्रिय स्तरमा महिला क्रिकेटको अवस्थामा बुझ्न थाईल्याण्ड भुमि उपयोगी हुने बताएका हुन् ।
पुर्व कप्तान समेत रहेका दासले नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । महिला क्रिकेट टिमले दुई महत्वपुर्ण प्रतियोगिता खेल्ने तय भएपछि दासलाई नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको थियो ।
‘लक्ष्य भनेको जितेर आउने हो । तर प्राय टिमविरुद्व अनविज्ञ छु । करिब दुई तीन हप्तामा टिम राम्रो बनेको छ । यसले अन्तराष्ट्रिय क्रिकेटमा महिला टिम कहाँ छ भन्ने देखाउँछ ।’ थाईल्याण्ड जानु अघि खेलपाटीसंग दासले भने ।
पहिलो पटक नेपाली महिला टिमको नेतृत्व गरेर थाईल्याण्ड निस्कन लागेका प्रशिक्षक दासले नेपालले राम्रो खेल्ने प्रयास गर्ने बताए । टिमको मुख्य लक्ष्य खेल जित्नुनै रहेको उल्लेख गर्दै उनले आफ्नो स्वभाविक खेल पस्किने उल्लेख गरे ।
‘फिटनेसमा ध्यान दिएका छौ । अन्य कुरामा भन्दा धेरै अभ्यास खेल गराएका छौ ।’ उनले थपे, ‘महिला टिमको बलियो र कमजोर पक्ष बुझ्न प्रतियोगिता उपयोग हुनेछ ।’
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान)
सिता राना मगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवर
डोली भट्ट
ममता कुमारी चौधरी
बिन्दु रावल
वैकल्पिक खेलाडी :
रितु कुमारी कन्जुनिया
सुमन बिष्ट
सबनम राई