काठमाडौँ। क्याटलान क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक जाभीलाई बर्खास्त गर्ने तयारी गरेको छ। उनले यसअघि नै सिजनको अन्त्यमा बार्सिलोना छाड्ने घोषणा गरिसकेका छन्।
तर, ला लिगाअन्तर्गत अल्मेरियाविरुद्धको बिहीबार सम्पन्नअघि प्रतिद्वन्द्वी रियल मड्रिड र युरोपका अन्य शीर्ष टोलीहरूसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएपछि उनलाई बार्सिलोनाले बर्खास्त गर्ने तयारी गरेको हो।
‘आर्थिक रूपमा स्पेनमा रियल र युरोपमा अन्यसँग प्रतिस्पर्धा गर्न गाह्रो छ’ उनले भनेका थिए, ‘बार्सिलोनाका प्रशंसकहरूले परिस्थिति वास्तवमै गाह्रो छ भन्ने बुझ्न पर्छ।’
तर, ४४ वर्षीया जाभीले नोभेम्बर २०२१ मा बार्सिलोनाको जिम्मेबारी सम्हालेका थिए। बार्सिलोना भित्रिनुअघि उनी कतारी क्लब अल सादको मुख्य प्रशिक्षक थिए। २०२२-२३ को सिजन उनले बार्सिलोनालाई स्पेनिस उपाधि दिलाएका थिए।