काठमाडौँ। आर्सनलका पूर्वस्ट्राइकर रोबिन भान पर्सीलाई नेदरल्यान्ड्सको शीर्ष क्लब हेरेनभेनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनलाई पहिलो पटक प्रशिक्षकको जिम्मेवारी दिइएको हो।
नेदरल्यान्ड्सको टोलीका सर्वाधिक गोलकर्ता ४० वर्षीय भान पर्सीले दुई वर्षका लागि प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।
भान पर्सीले सन् २०१९ मा डेब्यू क्लब फेयनोर्डबाट खेल्दै आफ्नो खेल क्यारिअर अन्त्य गरेका थिए। उनले आर्सनल, म्यानचेस्टर युनाइटेड र फेनरबाहेबाट खेलेका थिए।
भान पर्सीले युनाइटेडको प्रशिक्षण केन्द्रमा म्यानेजर एरिक टेन हागसँग समय बिताएका थिए। देशको उत्तरी भागमा रहेको हेरेनभेनले मंगलबार भान पर्सीलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने योजना भएको छ। क्लबले यस सिजन एक खेल बाँकी छ।