काठमाडौं । तेस्रो सस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज सिएमजी संकटा क्लब र गोर्खा व्वाइज रुपन्देहीबीच प्रतिस्पर्धा हुदैछ ।
अन्तिम प्रिक्वार्टर फाइनलको खेलमा दुवै टोली दिउँसो साढे २ बजे भिड्न लागेका हुन् ।
भर्खरै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा सनसनीपुर्ण नतिजा निकाल्दै संकटा क्लब उपविजेता हुन सफल भएको थियो । सोही प्रर्दशनलाई निरन्तरता दिने लक्ष्यका साथ संकटा मैदान उत्रनेछ ।
आजको खेलको विजेताले माघ १ गते क्यामरुनको दाफिनस टिम फेमिलीसंग सेमिफाईनल प्रवेशका लागि खेल्नेछ । यसअघि मेची नेत्रायल, नेपाल पुलिस क्लब र च्यासल युथ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरिसकेका छन् ।
मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।
उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५\१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिएको छ ।
प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि १ सय ५० र २ सय रुपैयाँ तोकिएको छ ।