काठमाडौँ। फर्मिन लोपेजको दुई गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा रेलिगेशनमा परिसकेको अल्मेरियालाई पराजित गरेको छ।
पावर हर्स स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोडेको छ। पराजित अल्मेरिया समान खेलबाट १७ अंक जोड्दै २०औँ स्थानमा छ।
खेलको १४औँ मिनेटमा फोर्ट गार्सियाको पासमा गोल गर्दै लोपेजले शुरूआती अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा सर्गी रोबर्टोको पासमा उनले नै गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए।