एजेन्सी । थाइल्याण्डलाई हराएर चर्चा कमाएको भारत युएईमा जारी एसिया कप फुटबलको दोस्रो खेलमा पराजित भएको छ ।
बिहिबार भएको खेलमा भारत आयोजक युएईसंग २ - ० गोल अन्तरले पराजित भएको हो ।
जियाद स्पोर्ट्स सिटी स्टेडियममा खल्फान मुबारकले ४१ औं मिनेटमा गोल गर्दै युएईलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा अली अहमेदले गोल गर्दै युएईलाई २ - ० को दिलाए ।
खेलमा भारतले गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन । भारतले पटक पटक वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेको थिएन् ।
भारतमाथीको जितसंगै समूह 'ए' मा युएई शीर्ष स्थानमा उक्लिएको छ । युएईले ४ अंक जोडेको छ । भारत ३ अंकसहित दोस्रो स्थानमा छ ।
यस समूहमा थाइल्याण्ड ३ अंकसहित तेस्रो र बहराइन १ अंकसहित चौथो स्थानमा छ ।