काठमाडौँ। बायर्न म्युनिखले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिइसकेका थोमस टुचेलबारे पुनर्विचार गर्ने भएको छ। फेब्रुअरीमा क्लबसँग भएको आपसी सम्झौताअनुसार टुचेलले सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका छन्।
तर, बायर्नले उनको उत्तराधिकारी पाउन सकेको छैन। जर्मन सञ्चारमाध्यम किकर म्यागेजिन, बिल्ड ट्याब्लोइड र स्काई टिभीका अनुसार बुधबार क्लबका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबर्ल र क्रिस्टोफ फ्रुन्डले टुचेलसँग फेब्रुअरीदेखि नै निर्णय फिर्ता लिन वार्ता गरिरहेको बताए।
रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलअघि बायर्नका पावर ब्रोकर उली होएनीले टुचेलको चर्को आलोचना गरेका थिए। टुचेलले आफ्नो मुख्य सम्झौताको विस्तार गर्न चाहन्थे। जुन २०२५ सम्म चल्ने थियो।
तर, स्काईका अनुसार ५० वर्षीय प्रशिक्षकले आफ्नो निर्णयमा पुनर्विचार गर्न सक्ने छन्। बिल्डले बुधबार टुचेलका एजेन्ट ओलाफ मिन्किङले क्लबको कार्यालयमा फ्रुन्ड र बायर्नका अध्यक्ष जान–क्रिश्चियन ड्रिसेनसँग कुरा गरेको तस्बिर सार्वजनिक गरेको थियो।
बायर्नका खेलाडीहरू पनि टुचेललाई नै निरन्तरता दिन चाहन्छन्। जर्मनीका थोमस मुलर र म्यानुअल न्युएरले उनको वकालत छन्। इङ्ल्यान्डका ह्यारी केन र एरिक डियरले पनि उनी क्लबमै रहिरहनुपर्ने बताएका छन्।
बायर्नका धेरै समर्थकले पनि क्लबलाई टुचेललाई जिम्मेवारीमा राख्न आग्रह गर्दै हस्ताक्षर बुझाएका छन्। बायर्नले सन् २०१२ पछि पहिलो पटक ट्रफीबिना नै सिजनको अन्त्य गरेको छ।
तर, टुचेलले टोलीलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए। यद्यपि, बायर्न युरोपियन हेभीवेट रियलसँग समग्रमा ४–३ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
बायर्नले जाबी एलोन्सोलाई टुचेलको उत्तराधिकारीको रूपमा हेरेको थियो। तर, एलोन्सोले लेभरकुजनसँग रहने निर्णय गरे। उनले लेभरकुजनलाई पहिलोपटक बुन्डेसलिगाको उपाधि दिलाएका छन्।
लेभरकुजनले सिजनको शुरूआतदेखि नै सबै प्रतियोगितामा ५० खेलको अपराजित यात्रा तय गरेको छ र जर्मन कप र युरोपा लिगको फाइनलको उपाधिनजिक पुगेको छ।
अस्ट्रियाका प्रशिक्षक राल्फ रङ्निक पनि क्लबमा आबद्ध हुने बायर्न विश्वस्त थियो। तर, उनले क्लबको प्रस्तावलाई अस्वीकार गरे।
बायर्नका पूर्वप्रशिक्षक जुलियन नागेल्सम्यानले जर्मनीसँग आफ्नो सम्झौता बढाए। यता, वुल्फ्सबर्गका पूर्वप्रशिक्षक ओलिभर ग्लासनर र सेभियाका पूर्वप्रशिक्षक जुलेन लोपेटेगुईले पनि बायर्नको प्रस्ताव अस्वीकार गरेका थिए।