एजेन्सी । अमेरिकामा एक महिलालाई बलात्कार गरेको आरोप लागेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको डीएनए परिक्षण गरिने भएको छ ।
लस भेगासको प्रहरीले बलात्कार आरोपको सत्य तथ्य पत्ता लगाउन युभेन्ट्सका स्टार रोनाल्डोको डीएनएको नमुना प्रशिक्षण गरिने जनाएको छ । रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले डीएनएको नमुना परिक्षणका लागि प्रहरीले विशेष आग्रह गरेको बताएका छन् ।
अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाले सन् २००९ मा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् । तर, रोनाल्डोले त्यसलाई नकार्दै आएका छन् ।