काठमाडौँ। अस्ट्रियाको सबैभन्दा ठूलो क्लब साल्जबर्गको प्रशिक्षकको जिम्मेवारी पेप लिजन्डर्सले सम्हाल्ने भएका छन्।
मुख्य प्रशिक्षक जर्गेन क्लोपले लिभरपुल छाड्ने भएसँगै ४१ वर्षीय लिजन्डर्सले साल्जबर्गसँग तीन वर्षका लागि समझौता गरेका हुन्।
यसको अर्थ लिजन्डर्सले साल्जबर्गलाई जुन २०२५ मा सुधारिएको क्लब विश्वकपमा लैजानुपर्छ। जुन लिभरपुलले गुमाउनेछ।
साल्जबर्ग अर्को वर्ष संयुक्त राज्य अमेरिकामा हुने ३२ टोलीको टुर्नामेन्ट लाइनअपमा १२ युरोपेली टोलीहरू मध्ये एक हो। च्याम्पियन्स लिगको पछिल्लो नतिजाका आधारमा लिभरपुल साल्जबर्गभन्दा माथि भए पनि क्लोपको टोली छनोट हुन सकेन। इङ्ग्ल्यान्डबाट चेल्सी र म्यानचेस्टर सिटी क्लब विश्वकपमा छनोट भइसकेको छ।
लिजेन्डर्स सन् २०१५ मा क्लोपसँगै लिभरपुल आएका थिए। तर, सन् २०१८ मा नेदरल्यान्डको क्लब एनईसीको मुख्य प्रशिक्षकमा उनी आबद्ध भए। उक्त क्लबमा छोटो समय बिताएका उनी सन् २०१८ देखि साहयक प्रशिक्षकको रूपमा लिभरपुलमा छन्।