काठमाडौँ। फ्रान्सका पूर्वसेन्टर ब्याक राफेल भारानले सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेड छोड्ने भएका छन्।
३१ वर्षीय भारान सन् २०२१ मा युनाइटेडमा आबद्ध भएका थिए। तर, त्यसअघि स्पेनिस क्लब रियल मड्रिडमा एक दशक लामो स्पेलमा उनले देखाएको प्रदर्शनलाई कायम राख्न सकेनन्।
चोटबाट अधिकांश समय संघर्ष गरेका भारानले युनाइटेडबाट ३ सिजनमा ९३ खेल मात्रै खेले। इङ्लिस प्रिमियर लिगमा युनाइटेड आठौँ स्थानमा रहेको छ।
न्यूक्यासलविरुद्धको खेलअघि भारानेले भने, ‘नयाँ मालिकहरू स्पष्ट योजना र राम्रो रणनीतिका साथ आउँदैछन्। तर, म यस सिजन घरेलु मैदानमा अन्तिम खेल खेल्दै बिदाइ हुनेछु।’