काठमाडौँ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन्।
एनिसले मंगलबार २८ सदस्यीय टोली घोषणा गरेका हुन्। नेपालले ६ जुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने त थियो। तर, रंगशालाको मापदण्ड नपुगेका कारण यो खेल न्यूट्रल भेन्यूमा खेलाउने तयारी भइरहेको छ। यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गृहकार्य गरिरहेको छ।
नेपाल समूह ‘एच’ मा रहेको छ। यो समूहमा यूएई ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ। ९ अंक जोडेको बहराइन दोस्रो स्थानमा छ भने यमनको समान ४ खेलबाट ३ अंक जोडेको छ।
नेपाल भने अंकविहीन रहेको छ। यूएईसँगको पहिलो चरणको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो।
प्रारम्भिक टोली:
गोलकिपर: अभिषेक बराल, विशाल सुनार, किरणकुमार चेम्जोङ, सन्तोष महत
डिफेन्डर: अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनीष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ
फरवार्ड: अञ्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट