फिदिम । प्रतियोगिताको एक मात्र विदेशी क्लब रोयल एफसी दार्जीलिङ पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको क्वाटरफाइनलमा डिभाइन ब्वाइज युनियन क्लबलाई २ — ० गोल अन्तरले पराजित गर्दै दार्जीलिङले त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको हो । दार्जीलिङको जितमा करण राईले दुई गोल गरे ।
खेलको सुरुवातबाटै ब्वाइजविरुद्ध पकड बनाएको दार्जीलिङले आधा दर्जन गोल गर्ने अवसर खेर फालेको थियो । तर, खेलको करणले १६ औं मिनेटमा करणले गोल गर्दै दार्जीलिङलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७४ औं मिनेटमा करणले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २ - ० को जित दिलाए ।
खेलमा करणले म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।
यो खेलसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । शुक्रबार हुने पहिलो सेमिफाइनलमा झापा ११ र सरस्वती क्लबबीच खेल हुनेछ ।