काठमाडौँ। केलियन एमबाप्पेको बिदाइ खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा टुलुजसँग पराजित भएको छ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति सम्पन्न खेलमा लिग वान च्याम्पियन पीएसजी पाहुना टोलीसँग ३-१ गोल अन्तरले पराजित भएको हो। खेलको आठौँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई शुरूआती अग्रता दिलाएका थिए।
तर, १३औँ मिनेटमा थिज डालिङ्गाले गोल गर्दै खेल बराबरीमा ल्याए। ६८औँ मिनेटमा यान गबोहो र दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा फ्रान्क मगरीले गोल गर्दै टुजुललाई ३-१ को पुनरागमन जित दिलाए।
जारी लिगमा पीएसजीको यो दोस्रो हार हो। ३२ खेल खेलेको पीएसजीले ७० अंक जोडेको छ। ३३ खेल खेलेको टुलुज ४३ अंकसहित १०औँ स्थानमा छ।