काठमाडौँ। च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग पराजित भएपछि जर्मन क्लब बायर्न म्युनिखको फिटनेसमा ठूलो समस्या देखिएको छ।
बायर्नका प्रशिक्षक थोमस टुचेलले सर्ज ग्नाब्रीको बायाँ तिघ्राको पछाडीको मांसपेशीमा चोट लागेको जानकारी छन्। त्यसैले अबका बाँकी खेलमा उनको सहभागितामाथि शंका उत्पन्न भएको उनले बताएका छन्।
‘लेरोय साने पनि घाइते छन्। उनीहरूलाई अन्तिम दुई खेलमा मैदानमा देख्छौँ भन्ने मलाई लाग्दैनन्। उनीहरू उपचार गराइरहेका छन्,’ उनले भने। जमाल मुसियालाको पनि घुँडामा समस्या देखिएको छ।
बायर्नले आइतबार वुल्फ्सबर्गसँग खेलेको थियो। अर्को साता सिजनको अन्तिम खेलका लागि बायर्न होफेनहाइम जानेछ । यो टुचेलको अन्तिम खेल हुनेछ। उनीले फेब्रुअरीमा सिजनको अन्त्यपछि बायर्न छाड्ने बताएका छन्। ‘म मेरो समय लिन्छु। अन्य क्लबसँग कुनै छलफल भएको छैन,’ उनले भने।
‘वार्मअप’ गर्ने क्रममा ढाडको समस्या देखिएपछि ह्यारी केनले आइतबारको खेल गुमाका छन्। केनले बुन्डेसलिगामा डेब्यु सिजनबाट ३६ गोल गरेका छन्। रोबर्ट लेवान्डोस्कीको २०२०–२१ सिजनको ४१ गोलको कीर्तिमान बराबरी गर्ने हो भने अर्को साता होफेनहाइमविरुद्ध केनले पाँच गोल गर्नुपर्नेछ।