काठमाडौँ। नेयमारलाई बाहिर राख्दै ब्राजिलले कोपा अमेरिका फुटबलका लागि टोलीबाट घोषणा गरेको छ।
साउदी क्लब अल–हिलालबाट खेल्दै आएका नेयमार जुन र जुलाईमा अमेरिकामा हुने प्रतियोगिताबाट बाहिरिने अनुमान गरिएको थियो।
कतार विश्वकपमा ब्राजिलका लागि शुरूआत गरेका स्ट्राइकर रिचार्लिसन र मिडफिल्डर कासेमिरोले पनि टोलीमा स्थान बनाउन सकेनन्।
यता, युवा स्ट्राइकर एन्ड्रिकलाई भने टोलीमा समावेश गरिएको छ। रियल मड्रिडमा आबद्ध हुन लागेका १७ वर्षीय एन्ड्रिकले वेम्बली स्टेडियममा इङ्ग्ल्यान्डमाथि १–० को जित र मार्चमा सान्टियागो बर्नाबेउ रंगशालामा स्पेनविरुद्ध २–२ को बराबरी खेल्दा ब्राजिलका लागि गोल गरेका थिए।
ब्राजिलले प्रतियोगिताअघि अमेरिका र मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्नेछ। कोपा अमेरिकामा ब्राजिल समूह 'डी' मा रहेको छ। यो समूहमा ब्राजिलसँगै कोस्टारिका, कोलम्बिया र पाराग्वे छन्।
ब्राजिल टोली:
गोलकिपर : एलिसन (लिभरपुल), एडर्सन (म्यानचेस्टर सिटी) र बेन्टो (एथ्लेटिको पारानेन्स)
डिफेन्डरः डानिलो (युभेन्ट्स), यान काउटो (जिरोना), गुइल्हेमे अराना (एट्लेटिको मिनिरो), वेन्डेल (पोर्टो), बेराल्डो (पेरिस सेन्ट जर्मेन), मार्क्विनहोस (पेरिस सेन्ट जर्मेन), एडर मिलिटाओ (रियल मड्रिड) र ग्याब्रियल म्यागाल्हेस (आर्सनल)
मिडफिल्डरः एन्ड्रियास परेरा (फुलह्याम), ब्रुनो गुइमारेस (न्यूक्यासल), डगलस लुइज (एस्टन भिल्ला), जोआओ गोम्स (वुल्भरह्याम्पटन) र लुकास पाक्वेटा (वेस्टह्याम)
फरवार्डः एन्ड्रिक (पाल्मेरास), इभानिलसन (पोर्टो), ग्याब्रियल मार्टिनेली (आर्सनल), राफिन्हा (बार्सिलोना), साभिनो (जिरोना), रोड्रिगो (रियल मड्रिड) र भिनिसियस जुनिअर (रियल मड्रिड)