काठमाडौँ। पुनरागमन गर्दै जर्मन क्लब बायर लेभरकुजन यूईएफ युरोपा लिगको उपाधिनजिक पुगेको छ।
बेएरेनामा शुक्रबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा पाहना टोली रोमालाई २-२ गोलको बराबरीमा रोक्दै लेभरकुजन फाइनलमा पुगेको हो।
पहिलो लेगमा लेभरकुजन २-० गोल अन्तरले विजयी भएको थियो। लेभरकुजन समग्रमा ४-२ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुगेको हो।
खेलको ४३औँ मिनेटमा लिआन्ड्रो परेडेसले पेनाल्टीमा गोल गर्दै रोमालाई शुरूआती अग्रता दिलाएका थिए। ६६औँ मिनेटमा उनले नै पेनाल्टीमा दोस्रो गोल गरे।
तर, निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा रोमाका जियानलुका म्यानसिनीले आत्माघाती गोल गरे। दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा जोसिप स्टानिसिकले गोल गर्दै लेभरकुजनलाई खेलमा फर्काउँदै २-२ मा रोक्न सफल भए।