एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले लेगानेसलाई ३ - ० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन कप्तान सर्जियो रामोस, लुकास भास्केज र भिनिसियस जुनियरले एक एक गोल गरे ।
घरेलु मैदानमा म्यानचेस्टर सिटीबाट हालै क्लबमा अनुबन्ध भएका मिडफिल्डर ब्राहिम डियाजले डेब्यु गरेको खेलमा रियलले कप्तान रामोसको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । खेलको ४४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । योसंगै रामोसले करियरको १०० औं गोल पुरा गरेका छन् ।
पहिलो हाफमा १ - ० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६८ औं मिनेटमा भास्केजले गोल गर्दै रियलको अग्रता २ - ० को बनाए । त्यसपछि खेलको ७७ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३ - ० को सहज जित दिलाए ।
यो जितसंगै रियल कोपा डेल रे फुटबलको अन्तिम आठ नजिक पुगेको छ । अब रियलले जनवरी १६ मा उसैको मैदानमा लेगानेससंग दोस्रो लेग खेल्नेछ ।
कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिड जिरोनासंग १ - १ गोलको बराबरीमा रोकिएको छ । यस्तै भिया रियल र स्पनियोलले २ - २ गोलको बराबरी खेल्दा गेटाफेले भलाडोलिडलाई १ - ० ले हराएको छ ।