एजेन्सी । इंग्लिश क्लब टोटेनहमले आगामी मार्च अन्तिमसम्म वेम्बली स्टेडियमलाई नै घरेलु मैदानको रुपमा प्रयोग गर्नु पर्ने भएको छ ।
घरेलु मैदान 'ह्वाइट हर्ट लेन' को निर्माणमा ढिलाई हुने भएपछि टोटेनहमले मार्चसम्म वेम्बली स्टेडियम प्रयोग गर्नुपर्ने भएको हो । गत सेप्टेम्बर भित्र नयाँ मैदान तयार हुने बताईएपनि तोकिएको समयमा निर्माण कार्य नसकिएको टोटेनहमले जनाएको छ ।
यसअघि निकै आधुनिक र उच्च प्रविधिबाट निर्माण गरिएको नयाँ रंगशाला नयाँ वर्षसंगै खुल्ला हुने जनाईएको थियो । तर, क्लबले निर्माणको कार्य पूर्ण रुपमा नसकिएको जनाएको छ । यस्तै निर्माण कम्पनिलाई मार्च अन्तिमसम्मको समय दिएको जनाएको छ ।
यस रंगशाला सन् २०१७ बाट निर्माण गर्न थालिएको थियो ।