काठमाडौं । थाइल्याण्डमा आयोजना हुने महिला टी-ट्वान्टी स्मास क्रिकेटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।
रुबिना क्षेत्रीको कप्तानीमा बुधबार १४ सदसीय नेपाली टोलीको घोषणा भएको हो । नेपाली टोलीको प्रशिक्षकमा विनोद दास, टिम म्यानेजरमा अमृता पौडल र फिजियोमा सकुन दानी रहेका छन् ।
थाइल्याण्ड क्रिकेट एसोसियसनले आयोजना गर्ने प्रतियोगिता यहिँ जनवरी १२ देखि १८ तारिखसम्म हुनेछ । प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जानेछ ।
प्रतियोगितामा थाइल्याण्डसंगै, नेपाल, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेलमा तान्जिनियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले तन्जिनियाविरुद्ध १२ जनवरीमा प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै १४ जनवरीमा नामिबिया, १५ मा इन्डोनेसिया र अन्तिम खेलमा नेपालले १७ जनवरीमा कुवेतसंग खेल्नेछ । दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान)
सिता राना मगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवर
डोली भट्ट
ममता कुमारी चौधरी
बिन्दु रावल
वैकल्पिक खेलाडी :
रितु कुमारी कन्जुनिया
सुमन बिष्ट
सबनम राई