काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको दोस्रो खेलमा विकेट विहिन बनेका छन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले चितागोङ भीकिङसविरुद्धको खेलमा विकेट लिन सकेनन् । सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए ।
योसंगै सन्दीप सात खेलपछि विकेट लिन असफल भएका छन् । सन्दीपले पछिल्लो विभिन्न सात खेलमा विकेट लिएका थिए ।
सन्दीपले पछिल्लो पटक दुबईमा भएको टी-१० लिगमा करेला नाइट्सबाट खेल्दै बेंगाल टाइगर्सविरुद्ध विकेट लिन सकेका थिएनन् ।
सन्दीपले यसअघि खेलेका बिग बास लिगको चार वटै खेलमा विकेट लिएका थिए ।
ढाकामा जारी बीपिएलमा विकेट लिन असफल भएपनि सन्दीपले उत्कृष्ट फिल्डिङ गरेका छन् । उनले डेलपोर्टलाई डाइरेक्ट हिटमा रन आउट गराएका छन् ।
सन्दीप टिम सिक्सर्सले दिएको १६९ रनको लक्ष्यसहित अहिले भीकिङसले जवाफी ब्याटिङ गरिरहेको छ ।