काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको दोस्रो खेलमा पनि सिलेट सिक्सर्सको प्लेइङ सेटमा परेका छन् ।
आज हुने चितागोङ भीकिङसविरुद्धको खेलमा सन्दीप सुरुवाती ११ मा परेका छन् । डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप दोस्रो खेलमा समेत सिक्सर्सको टिममा अटाएका हुन् । डेब्यु खेलमा सन्दीपले १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए ।
ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
पहिलो खेलमा पराजित सन्दीपको टिम सिक्सर्स पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससंग पराजित भएको थियो । भीकिङस भने लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।
बीपीएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सिक्सर्सको टिममा पर्ने सम्भावना रहेको छ । डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए ।
लाइभ हेर्नुहोस् :