एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएलको १२ औ संस्करणको आयोजना भारतमै हुने भएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले प्रतियोगिता भारतमै सञ्चालन गर्ने बिषयमा औपचारिक जानकारी गराएको छ ।
बीसीसीआईले प्रतियोगिताको मिति समेत सार्वजनीक गर्दै मार्च २३ बाट नयाँ सिजन सुरु हुने घोषणा गरेको छ ।
भारतमा हुने आम चुनावका कारण आईपीएल भारतमा हुनेमा आशंका व्यक्त गरिएको थियो । यस अगाडी समेत चुनावको समय प्रतियोगिता देश बाहिर आयोजना गरिएको थियो ।
बीसीसीआईले आईपीएलको नयाँ सिजन निर्धारित समय भन्दा केही समय अगाडी गर्ने बिषयमा सहमती जुटाएको हो । नयाँ सिजनको लागि गत डिसेम्बरमा खेलाडीको अक्सन सम्पन्न भएको थियो ।
गत संस्करणको उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सले जितेको थियो ।