काठमाडौं । तेस्रो संस्करणको नेपाल आइस खप्तड गोल्डकप अन्तर्गत आज दोस्रो दिन विभागीय टोली नेपाल पुलिस र मोरङ एधार आमुने सामुने हुदैँछन् ।
पल्सर सहिद स्मारक ए डिभिजन लिगमा छैठौँ स्थानमा रहन सफल नेपाल पुलिस र मोरङ विचको खेल दिउसो साढे २ बजे हुनेछ ।
हिजो भएको उद्घाटन खेलमा आयोजक टोली मेची नेत्रायलसँग सडनडेथमा ७–६ ले पराजित भएको थियो ।
मोफसलकै सवार्धिक धनराशीको प्रतियोगिता खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।
उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५र१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।