एजेन्सी । इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले अफ्रिकन बर्ष खेलाडी अवार्ड जितेका छन् । सेनेगलमा मंगलबार राति आयोजित एक विशेष कार्यक्रममा सलाहलाई अवार्ड प्रदान गरिएको थियो ।
इजिप्टका २६ बर्षिय सलाहले लगातार दोस्रो पटक अफ्रिकन बर्ष खेलाडी अवार्ड जितेका हुन् । यस अवार्ड जित्ने क्रममा सलाहले सेनेगल तथा लिभरपुलका साडियो माने र गाबोन तथा आर्सनलका पेरिक एम्रिक आबुमियाङलाई पछि पारे ।
सलाहले यसअघि बीबीसी अफ्रिकन बर्ष खेलाडी अवार्ड समेत जितेका थिए ।
सन् २०१८ मा राष्ट्र र क्लबमा गरेको प्रदर्शनको आधारमा सलाहले अवार्ड हात पारेका हुन् । गत सिजन ४८ गोल गरेका सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्र्याएका थिए ।
महिलातर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले जितिन् ।
यस्तै सलाह अफ्रिकन ड्रिम टिममा समेत अटाएका छन् ।