पोखरा। 'खेल्छ गण्डकी' अभियानमा ३५ जना खेलाडी सहभागी भएका छन्।
सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा सहारा एकेडेमीमा सञ्चालन उक्त अभियानमा १४ वर्ष मुनिका ३५ जना बालक सहभागी भएका थिए।
पोखरा १७ दोवील्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई बुधबार सहभागिताको प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको क्लबका अध्यक्ष केशवराज बरालले बताए।
उक्त प्रशिक्षणमा ८ देखि १४ वर्ष मुनीका विभिन्न ८ जिल्लाका ३५ जनाको सहभागिता रहेको क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए।