एजेन्सी । घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
नेल्सनमा मंगलबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा श्रीलंकालाई ११५ रनले हराएर न्युजिल्यान्डले तीन खेलको सिरिजमा ३ - ० ले जितेको हो ।
न्युजिल्यान्डले दिएको ३६५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ४१ ओभर ४ बलमा अलआउट हुँदै २४९ रनमा समेटियो ।
श्रीलंकाका लागि थिसरा परेराले ८० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै श्रीलंकाका लागि निरोशन डिक्वेलाले ४६, कुशल परेराले १४३ तथा धनन्जय सिल्भाले ३६ रन जोडे ।
श्रीलंकालाई सस्तैमा समेट्न न्युजिल्यान्डका लोकी फेर्गुसनले ४ तथा इस सोधीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३६४ रन जोडेको थियो । न्युजिल्यान्डका रोज टेलर र हेनरी माइकल निकोल्सले शतकीय इनिङस खेले ।
टेलरले १३७ रनको शतकीय इनिङस खेल्दा निकोल्सले अविजित १२४ रनको शतकीय इनिङस खेले । यस्तै कप्तान केन विलियम्सनले ५५ रन जोडे । श्रीलंकाका लाथिस मालिंगाले ३ विकेट लिए ।
अब दुई टोलीले एक खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।