एजेन्सी । लिभरपुल इंग्लिश एफए कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ । सोमबार राति भएको तेस्रो चरणको खेलमा वुल्भ्ससंग २ - १ गोल अन्तरले पराजित हुँदै लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु मैदानमा वुल्भ्सलाई जित दिलाउन राउल हेमिनेज र रुबेन नेभेसले एक एक गोल गरे । लिभरपुलका डिभोक ओरीगीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
लिभरपुलविरुद्ध खेलको ३८ औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा लिभरपुलका ओरीगीले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । तर, खेलको ५५ औं मिनेटमा नेभेसले गोल गर्दै वुल्भ्सलाई २ - १ को जित दिलाए ।
योसंगै वुल्भ्सले सन् १९८१ पछि पहिलोपटक लिभरपुललाई घरेलु मैदानमा हराउन सफल भएको छ । यस्तै लिभरपुल पछिल्लो ८ एफए कपको भिडन्तमा छैटौं पटक प्रिमियर लिग क्लबसंग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ ।