एजेन्सी । अष्ट्रेलियाको भुमिमा भारतले ७१ बर्षपछि टेष्ट सिरिजमा जित हात पारेको छ । सिड्नीमा भएको चौथो तथा अन्तिम टेष्ट बर्षाका कारण बराबरीमा सकिएपछि भारतले अष्ट्रेलियाको भुमिमा ईतिहास रचेको हो ।
भारतले टेष्ट सिरिज २–१ ले आफ्नो नाममा लेखाएको छ ।
भारत ७१ बर्षपछि अष्ट्रेलियाको भुमिमा जित रच्न सफल भएको छ ।
सिड्नी टेष्टमा १ सय ९३ रन बनाएका चेतेश्वर पुजारा म्यान अफ दी म्याच घोषित भए । उनैलाई म्यान अफ दी सिरिजको समेत अवार्ड दिईएको थियो । पुजाराले चार टेष्ट म्याचको सिरिजमा ५ सय २१ रन बनाएका थिए ।
७१ बर्षको ईतिहासमा भारतको कुनै टिमले अष्ट्रेलियाको भुमिमा टेष्ट सिरिज जित्न सकेको थिएन । विराट कोहली कप्तानीको भारतले ईतिहासमा एक सफलताको कथा दर्ता गराएको छ ।
भारले एडिलेटमा भएको पहिलो टेष्ट ३१ रनले जितेको थियो । पर्थमा भएको दोस्रो टेष्टमा अष्ट्रेलियाले भारतलाई १ सय ४६ रनले हराएको थियो । मेलवर्नमा भएको तेस्रो टेष्ट १ सय ३७ रनले जित्दै भारत २–१ ले अगाडी बढेको थियो । सिड्नीमा चौथो टेष्ट बराबर भएपछि भारतले सिरिजमाथि कब्जा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पालीमा ७ विकेटको क्षतिमा ६ सय २२ बनाएर पाली समाप्तिको घोषणा गरेको थियो । पहिलो ईनिङ्समा ३ सय बनाएको अष्ट्रेलिया फलो अनमा परेको थियो । पाँचौ दिन लन्च ब्रेकपछि बर्षाले खेल रद्ध भएपछि चौथो तथा अन्तिम टेष्ट बराबरीमा सकिएको थियो ।