एजेन्सी । सुनिल क्षेत्रीको नायकत्वमा भारतले एएफसी एसियन कप फुटबलमा थाईल्याण्डलाई पराजित गरेको छ । युएईको अबुधावीमा भएको आफ्नो पहिलो खेलमा भारतले थाईल्याण्डविरुद्व शानदार जित दर्ता गरेको हो । भारतको जितमा सुनिलले दुई गोल गरे ।
भारतको कीर्तिमानी गोलकर्ता सुनिलले खेलको ६६ औ र ६७ ओै मिनेटमा गोल गर्न सफल भएका थिए ।
भारतको तर्फबाट ६८ औ मिनेटमा अनिरुद्व थापाले आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गरे । खेल सकिन १० मिनेट बाँकी जीजे लालपेखलुआले गोल गर्दै भारतलाई फराकिलो जित दिलाए ।
थाईल्याण्डका लागि ३३ औ मिनेटमा एक सान्त्वना गोल तेरासील डागंडाले गरे ।
थाईल्याण्डले पछिल्ला २१ खेलमा मात्र एक खेल जितेको रेकर्ड छ ।
समुह एमा भारतले पहिलो जित दर्ता गरेको छ । सोही समुहको अर्को खेलमा बहराईन र युएईले बराबरी खेल्दै अंक बाँडेका थिए ।