एजेन्सी । पाहुना टोली पाकिस्तानविरुद्धको टेष्ट सिरिज दक्षिण अफ्रिकाले जितेको छ ।
आइतबार दोस्रो टेष्टमा पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले सिरिज एक खेल अगाबै २ - ० ले जितेको हो ।
केपटाउनमा पाकिस्तानले दिएको ४१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ९ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । दक्षिण अफ्रिकाका डीन इल्गरले २४ रन जोडे । मोहमद अब्बासले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङसमा १७७ रन जोडेको थियो । यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिङसमा ४३१ रन बनाएको थियो ।
दोस्रो इनिङसमा पाकिस्तानले २९४ रन मात्र जोडेपछि दक्षिण अफ्रिकाले मात्र ४१ रनको लक्ष्य पाएको थियो ।
अब दुई टोलीबीचको अन्तिम टेष्ट शुक्रबार सुरु हुनेछ ।