एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) विभिन्न चार खेलहरु संचालन हुँदैछ । आइतबार शीर्ष क्लबहरु बार्सिलोना, सेभिया, एट्लेटिको मड्रिड, रियल मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
लिग लिडर बार्सिलोनाले आइतबार राति नेपाली समय अनुसार १:४५ बजे गेटाफेविरुद्ध उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
गेटाफेविरुद्ध मैदान उत्रदा बार्सिलोना सहज जितको खोजीमा हुनेछ । यस्तै बार्सिलोना गेटाफेलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
बार्सिलोनाले लिगको १७ खेलबाट ३७ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा ३ अंकले अघि छ । गेटाफे २५ अंकसहित सातौं स्थानमा छ ।
एट्लेटिको मड्रिडले आइतबार नै सेभियासंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । एट्लेटिको सेभियालाई हराएर बार्सिलोनालाई दबाब दिन चाहन्छ । दुई बीचको खेल ९ बजे सुरु हुनेछ ।
यस्तै रियल मड्रिडले रियल सोसीडाडसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । रियल र सोसीडाडबीचको खेल ११ :१५ मा सुरु हुनेछ ।
सोसीडाडविरुद्ध मैदान उत्रदा रियल जितसहित शीर्ष तीनमा अटाउने लक्ष्यमा हुनेछ । रियलले १७ खेलबाट ३० अंक जोडेको छ । सोसीडाडलाई हराए रियल तेस्रो स्थानमा उक्लने छ । सोसीडाडको १९ अंक छ ।
ला लिगाको अर्को खेलमा इबरले भिया रियलको सामना गर्नेछ ।