एजेन्सी । पाहुना टोली भारतविरुद्धको चौथो तथा अन्तिम टेष्टमा अष्ट्रेलिया फलोअनमा परेको छ ।
सिड्नीमा भारतले भारतले ७ विकेटको क्षतिमा ६२२ रन जोडेर इनिङस समाप्तिको घोषणा गरेपछि पहिलो इनिङस थालेको अष्ट्रेलिया फलोअनमा परेको हो ।
टेष्टको चौथो दिन आइतबार अलआउट हुँदै ३०० रन जोडेपछि अष्ट्रेलिया फलोअनमा परेको हो । चौथो दिन ६ विकेटको क्षतिमा २३६ रनबाट खेल सुरु गरेको अष्ट्रेलियाले थप ६४ रन जोड्दा अलआउट भयो ।
पहिलो इनिङसमा अष्ट्रेलियाका मार्कुस ह्यारिसले ७९, मार्नुस लाबुस्कागने ३८ तथा पिटर ह्यान्ड्सकम्बले ३७ रन बनाए । भारतका कुलदिप यादवले पाँच विकेट लिए ।
योसंगै अष्ट्रेलिया ३१ बर्षपछि पहिलोपटक फलोअनमा परेको छ । यसअघि अष्ट्रेलिया सन् १९८८ मा इंग्ल्यान्डविरुद्ध फलोअनमा परेको थियो ।
फलोअनसंगै दोस्रो इनिङ थालेको अष्ट्रेलियाले चौथो दिनको समाप्तिमा बिनाविकेटको क्षतिमा ६ रन बनाएर खेलिरहेको छ । अष्ट्रेलिया अझै ३१६ रनले पछि छ ।
यसअघि चेतेश्वर पुजारा र ऋषब पन्तले शतकीय इनिङ खेलेपछि भारतले पहिलो इनिङसमा उच्च योगफल तयार गरेको छ । टेष्टको दोस्रो दिन शुक्रबार भारतले ७ विकेटको क्षतिमा ६२२ रन जोडेर इनिङस समाप्तिको घोषणा गरेको छ ।
भारतका लागि पुजाराले १९३ रन जोडे । पुजारा शतक बनाउन ७ रनले चुके । यस्तै पन्तले अविजित १५९ रन जोडे । यस्तै भारतका लागि मयंक अग्रवालले ७७ रन जोडे ।
कप्तान बिराट कोहली २३ रनमा आउट हुँदा अजिन्का रहानेले १८ रन बनाए । अष्ट्रेलियाका नाथन लियोनले ४ तथा जोश हजालवुडले २ विकेट लिए ।
घरेलु टोलीविरुद्धको ४ खेलको सिरिजमा भारत २ - १ ले अघि रहेको छ ।