एजेन्सी । इंग्लिश क्लब चेल्सीका मिडफिल्डर सेस फाब्रिगासले क्लबका लागि अन्तिम खेल खेलेका छन् ।
एफए कप अन्तर्गत शनिबार नटिङघम फोरेष्टविरुद्ध मैदान उत्रदै फाब्रिगासले चेल्सीका लागि अन्तिम खेल खेलेका हुन् ।
चेल्सीका लागि अन्तिम खेलमा फाब्रिगासले ८५ मिनेट मैदान बिताएका थिए । उक्त खेलमा फाब्रिगासले पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, उक्त खेल अल्भारो मोराटाको दुई गोलसंगै चेल्सीले २ - ० को जित निकालेको थियो ।
मैदानबाट बाहिरिदै गर्दा स्पेनिस प्ले मेकर फाब्रिगासलाई समर्थकहरुले उठेर सम्मान जनाएका थिए । चेल्सीका लागि अन्तिम खेल खेलेर मैदानबाट बाहिरिदै गर्दा फाब्रिगास निकै भावुक बनेका थिए । फाब्रिगास रुँदै मैदानबाट बाहिरिएका थिए ।
साँढे चार बर्ष चेल्सीमा बिताएका फाब्रिगासले चेल्सीबाट १९८ खेलबाट २२ गोल गरेका छन् । यस्तै उनले नटिङघमविरुद्ध मैदान उत्रदै प्रिमियर लिगमा आफ्नो ५ सयौं खेल पुर्राए । यसअघि फाब्रिगासले आर्सनलबाट खेलेका थिए ।
३१ बर्षिय फाब्रिगास अब फ्रेन्च क्लब मोनाको जाने बताईएको छ । फाब्रिगास आर्सनलका पुर्व सहकर्मी थिएरी हेनरीको प्रशिक्षणमा रहेको मोनाको जाने इंग्लिश मिडियाले जनाएको छ ।