काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फागुनको तेस्रो साता हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले 'सी' डिभिजन लिग फागुन २२ गतेबाट सुरु हुने जनाएको छ । एन्फाले 'बी' डिभिजन लिग सकिए लगत्तै 'सी' डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको हो ।
'सी' डिभिजन लिगमा ११ क्लबले खेल्नेछन् । सहभागि क्लबलाई दुई समुहमा विभाजन गरेर खेलाईनेछ ।
एन्फाले निकालेको समूह विभाजन अनुसार समूह 'ए' मा स्वम्भु युवा क्लब, प्लानिङ ब्वाइज, ओसीस, मनोहोरा, सानोगौचरण र सामाजिक युथ क्लब रहेका छन् ।
समूह 'बी' मा बिरगंज युथ क्लब, खालीबारी युथ क्लब, महाबिर युथ क्लब, सानेपा र समाज कल्याण क्लब रहेका छन् ।
समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष ४ टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।