काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग आगामी माघ अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' डिभिजन लिग माघ २५ गतेबाट सुरु हुने जनाएको छ ।
राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग सकिए लगत्तै एन्फाले 'बी' डिभिजन गर्न लागेको हो ।
'बी' डिभिजन लिगका १२ क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगमा घटुवा बढुवा हुने छैनन् ।
एन्फाले 'बी' डिभिजन लिगको खेल तालिका भने सार्वजनिक गरेको छैन । तर, १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
एन्फाले निकालेको समूह विभाजन अनुसार समूह 'ए' मा झम्सिखेल युवा क्लब, आरसिटी , श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब,बोइज युनियन क्लब रहेका छन् । समूह 'बी' टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् ।