काठमाडौं । दशौं संस्करणको रुस्लान फाल्गुनन्द गोल्डकप फुटबलमा झापा ११ ले बिजयी सुरुवात गरेको छ । शनिबारबाट फिदिमा सुरु भएकाे प्रतियोगितामा झापाले कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३– १ ले गोल अन्तरले हराएको हो ।
सुरुवाती अग्रता जोगाउन नस्कदाँ ताप्लेजुङ पराजित हुन पुग्यो । खेलको ५ औं मिनेटमा अनुप सेनदाङले गोलबाट ताप्लेजुङले अग्रता लिएको थियो ।
२५ औ मिनेटमा देबेन्द्र तामाङको हेड गोलमार्फत झापा खेलमा फर्कियो । ५७ औं मिनेटमा राजकुमार कन्दङ्वाले झापाको अग्रता दोब्बर पारे ।
५७ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै झापा ११ को जित सुनिश्चित गरे ।
खेलमा झापाका देबेन्द्र तामाङ म्यान अफ दि म्याच बने ।
प्रतियोगितामा ए डिभिजनबाट एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, सरस्वती र मोफसलबाट सुनसरी ११, झापा ११, मोरङ ११, कर्णसिंह सोनाम स्मृति, आयोजक फिदिम स्पोर्टिङ गरि १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख प्राप्त गर्नेछ ।