काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ६ खेलाडी सर्वाधिक महंगा खेलाडी बनेका छन् ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले शनिबार आयोजना गरेको खेलाडी खरिद बिक्री (अक्सन) मा ६ खेलाडी महँगो मुल्यमा बिक्रि भएका छन्।
अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भिम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मुल्यमा बिक्रि भए । ६ खेलाडी अधिकतम मूल्य २ लाख ५० हजार हजारमा बिक्रि भएका हुन् ।
विनोद, भिम र ललित भण्डारी रुपन्देही च्यालेन्जर्स, रोहित र आरिफ महेन्द्रनगर युनाईटेड तथा पवन सरार्फलाई धनगढी स्टार्सले अनुबन्ध गरेको हो ।
यस्तै यस पटक प्रदिप ऐरी रुपन्देहीमा २ लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा २ लाख ३० हजार, रोहित पौडेल २ लाख ३० हजार र भुवन कार्की अत्तरियामा २ लाख १० हजारमा अनुबन्धित भएका छन् ।
अक्सनका लागि नाम दर्ता गराएका २ सय ५ खेलाडीबाट ६६, स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी डीपीएलका विभिन्न टोलीमा अनुबन्ध भएका छन् ।
प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ । टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
कुन टिमले कति खेलाडी खरिद गर्यो ? हेर्नुहोस् सूची :
धनगढी स्टार्स
सोमपाल कामी (मार्की)
सौरभ खनाल - १ लाख ६० हजार
अमित श्रेष्ठ - १ लाख ८० हजार
हरी बहादुर चौहान - ९५ हजार
विपिन खत्री - ९५ हजार
दिपेश श्रेष्ठ - ८० हजार
राजु रिजाल - ७५ हजार
रबिन क्षेत्री - ३५ हजार
पवन सर्राफ - २ लाख ५० हजार
सन्दीप रजाली - ४० हजार
धिरज शाही – ३० हजार
कृष्ण अयर – ३० हजार (ट्यालेन्ट हन्ट)
सीवाईसी अत्तरीया
दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
जितेन्द्र सिंह ठकुरी - ७५ हजार
दिपेन्द्र रावत - ३० हजार
भुवन कार्की - २ लाख १० हजार
प्रेम तामाङ - ५९ हजार
अदिल अन्सारी - ३० हजार
राम नरेश गिरी - ७५ हजार
कमल सिंह - ९० हजार
सुनील धमला - १ लाख ८० हजार
खगेन्द्र जोशी ३० हजार
सुभेन्दु पाण्डे - ५० हजार
रित गौतम – ३० हजार
ज्ञानेन्द्र कुवर – ३० हजार (ट्यालेन्ट हन्ट)
रुपन्देही च्यालेन्जर्स
बसन्त रेग्मी (मार्की खेलाडी)
ललित भण्डारी - २ लाख ५० हजारमा
प्रदीप ऐरी - २ लाख ४० हजार
कृष्ण कार्की - १ लाख
विनोद भण्डारी - २ लाख ५० हजार
भिम सार्की - २ लाख ५० हजार
सुमित महर्जन - ७५ हजार
अनील खरेल - ३० हजार
सन्दीप सुनार - १ लाख १० हजार
पुरन बिके - ५० हजार
बिक्रम शोब - ६० हजार
सुरज दराई - ३० हजार
शेर मल्ल – ३० हजार (ट्यालेन्ट हन्ट )
महेन्द्रनगर युनाईटेड
शरद भेषावकर (मार्की खेलाडी)
अविनाश बोहोरा – १ लाख ७० हजार
सागर ढकाल १ लाख
अमर सिंह रौटेला - १ लाख २० हजार
आरिफ शेख - २ लाख ५० हजार
दिलिप नाथ - ७५ हजार
रोहित कुमार पौडेल - २ लाख ३० हजार
सन्तोष भट्ट - ३० हजार
शाहब आलम - ६० हजार
सिदान्त लोहली - ७० हजार
दिपेन्द्र चन्द - ३० हजार
कुशल मल्ल - ५० हजार
सुशील खड्का – ३० हजार (ट्यालेन्ट हन्ट)
काठमाडौं गोल्डेन
ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी)
राशिद खान - १ लाख ७० हजार
अविनब यादब - ३० हजार
बिक्रम कुमार - १ लाख ६० हजार
ललित नारायण राजवंशी - २ लाख ५० हजार
नन्दन यादब - ५० हजार
सोनु तामाङ - ६५ हजार
अनिल कुमार साह - १ लाख ७० हजार
सुर्य तामाङ - ५० हजार
योगेन्द्र सिंह कार्की - ७० हजार
महेबुब अलाम – ५० हजार
सुधिर चौधरी – ३० हजार
बिक्रम ठगुन्ना – ३० हजार (ट्यालेन्ट हन्ट)
बिराटनगर किंग्स
करण केसी (मार्की खेलाडी)
कुशल भुर्तेल - १ लाख ६० हजार
अर्जुन अधिकारी - ३० हजार
किशोर महतो - १ लाख
आसिफ शेख - १ लाख ८० हजार
राजेश पुलामी मगर - ७५ हजार
महोमद संसद शेख - ७५ हजार
पृथु बास्कोटा - १ लाख २० हजार
हरी शंकर साह - ९० हजार
सुशन भारी श्रेष्ठ - १ लाख
अमृत गुरुङ - ३० हजार
तृत राज दास – ३० हजार
सुबाश अयर – ३० हजार (ट्यालेन्ट हन्ट)