एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोना अस्पतालबाट घर फर्किएका छन् । अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका म्यारोडोना उपचारपछि घर फर्किएका हुन् ।
म्यारोडोनाका छोरी डाल्माले पेटभित्र अन्तरिक रक्तश्राप भएको कारण म्यारोडोना अस्पताल भर्ना भएको र केहि दिनमा उनी घर फर्किने बताएका छन् । उनले म्यारोडोना धेरै गम्भीर नभएको समत बताए ।
'मेरो बुबाप्रति जो चिन्तीत हुनुहुन्छ उहाहरु बुबा ठिक हुनुभएको जानकारी दिन चाहन्छु,' उनले भनेकी छिन्, 'बुबा केहि दिनमा घर फर्किनु हुनेछ।'
८५ म्यारोडोनालाई मेक्सिकोको एक अस्पतालमा भर्ना गरिएको थियो ।
अर्जेन्टिनालाई विश्वकप जिताउने खेलाडी म्यारोडोना पछिल्लो समय अस्पतालमा बढी समय बिताइरहेका छन् ।