काठमाडौं । बलात्कारको मुद्धामा बार्सिलोनाका पूर्व खेलाडी डानी आल्भेस दोषी ठहर भएका छन् ।
बार्सिलोनाको नाईट क्लबमा बलात्कारको आरोप लागेका आल्भेसलाई स्पेनिस अदालतले दोषी ठहर गरेको हो ।
स्पेनिस अदालतले बार्सिलोनाका पूर्व खेलाडी तथा ब्राजिली फुटबलर आल्भेस बार्सिलोनाको नाईट क्लबमा भएको बलात्कार मुद्धामा दोषी रहेको फैसला गरेको छ ।
अदालतले आल्भेसलाई साँढे ४ वर्षका लागि जेल सजाय तोकिएको छ ।
४० वर्षका विश्व स्तरीय डिफेन्डरमाथि सन् २०२२ को डिसेम्बरमा बलात्कारको आरोप लागेको थियो । आल्भेसले आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका थिए ।