एजेन्सी । म्यान्चेष्टर युनाईटेडका केयर टेकर प्रशिक्षक आले गुनर सोल्सायरले क्लब सबै खेल जित्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।
उनको टोली म्यान्चेष्टर युनाईटेडले गत हप्ता न्युक्यासलविरुद्व २–० को जित निकालेको थियो । क्लब समालेपछि लगातार चार खेल जित्ने उनी म्यान्चेष्टर युनाईटेडको दोस्रो प्रशिक्षक बनेका छन् ।
क्लबले एफ ए कपको तेस्रो राउण्डमा भोली (शनिबार) रिडिङसंग प्रतिस्पर्धा गर्दैछ ।
'यदी तिमी क्लबमा यसरी आउछौ भने तिमी खेल जित्ने अपेक्षा राख्छौ ।' सोल्सायरले भने ।
'यदी तिमी लगातार चार खेल जित्छौ भने तिमी अर्को समेत जित्ने अपेक्षा गछौ । म त्यो गर्न सक्दिन भनेर सोच्न सक्दिन । मलाई लाग्छ म सबै खेल जित्न सक्छु ।' उनले थपे ।
४५ बर्षको नर्वेजियन प्रशिक्षकलाई क्लबले केयर टेकर प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक जासे माउरिन्होलाई बर्खास्त गरेपछि सोल्सायरलाई क्लबको जिम्मेवारी दिईएको थियो ।
क्लबका पुर्व स्ट्राईकर समेत रहेका सोल्सायरले समरमा क्लब छोड्न नचाहेको समेत बताएका छन् ।
'मैले कसैसंग केही बोलेको छैन । यो सुरुवातको ढोका हो । जब म यहाँ आए, नयाँ प्रशिक्षकको खोजीमा सबै खुला र ईमान्दार थिए । तिमी जति यहाँ हुन्छाै, यसको उतिनै आनन्द लिन्छौ । जब उनीहरुले नयाँ प्रशिक्षकको घोषणा गर्नेछन् । मलाई भएपनि अरुलाई भएपनि, शुभकामना छ ।' उनले स्पष्ट पारे ।
शनिबारको खेलसंगै युनाईटेड दुबई भ्रमणमा निस्कनेछ । तर सोल्सायरले भ्रमणलाई बिदाको रुपमा नलिन स्पष्ट पारिसकेका छन् ।