काठमाडौं । तेस्रो संस्करणको नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । पुसको अन्तिम साता सुरु हुने प्रतियोगितामा १२ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।
प्रतियोगिता पुस २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
समुुह एमा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित मेची नेत्रालय काकँरभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन् ।
एपिएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा वाई पाएर सिधैं क्वाटरफाईनल खेल्नेछन् ।
समुह बीमा सिग्नेचर मनाङ मस्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब रहेका छन् ।
मनाङ र क्यामरुनको क्लब पहिलो चरणमा वाई पाएर सिंधै क्वाटरफाईनलमा पुगेका छन् ।
मंगलवारदेखि आयोजना हुने प्रतियोगिता आउन चार दिन वाँकी रहँदा तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिताका लागि मैदान मर्मतको काम गर्न बाँकी रहेको छ । प्रतियोगिता अवलोकनका लागि टिकट दर समेत तोकिएको छ । क्वाटरफाईनल सम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।
प्रतियोगिताको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।
हेर्नुस खेल तालिका :