एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्वको चौथो तथा अन्तिम टेष्टको पहिलो इनिङसमा भारतले बलियो पकड बनाएको छ ।
सिड्नीमा चेतेश्वर पुजारा र ऋषब पन्तले शतकीय इनिङ खेलेपछि भारतले पहिलो इनिङसमा उच्च योगफल तयार गरेको छ । टेष्टको दोस्रो दिन शुक्रबार भारतले ७ विकेटको क्षतिमा ६२२ रन जोडेर इनिङस समाप्तिको घोषणा गरेको छ ।
भारतका लागि पुजाराले १९३ रन जोडे । पुजारा शतक बनाउन ७ रनले चुके । यस्तै पन्तले अविजित १५९ रन जोडे । यस्तै भारतका लागि मयंक अग्रवालले ७७ रन जोडे । कप्तान बिराट कोहली २३ रनमा आउट हुँदा अजिन्का रहानेले १८ रन बनाए ।
अष्ट्रेलियाका नाथन लियोनले ४ तथा जोश हजालवुडले २ विकेट लिए ।
यस्तै पहिलो इनिङस थालेको अष्ट्रेलियाले दोस्रो दिनको समाप्तिमा १० ओभर खेल्दै बिना विकेटको क्षतिमा २४ रन जोडेको छ ।
घरेलु टोलीविरुद्धको ४ खेलको सिरिजमा भारत २ - १ ले अघि रहेको छ ।