काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ ।
मंगलबार अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले घरेलु टोली एफसी कोपनहेगनमाथि ३–१ को जित आत्मसाथ गरेको हो ।
केभिन डी ब्रुएनाले खेलको १० औं मिनेटमा सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । फिल फोडेनको पासलाई सदुपयोग गर्दै ब्रुएनाले सिटीका लागि पहिलो गोल गरेका थिए । घरेलु टोलीका लागि म्याटसनले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याए ।
पहिलो हाफको अन्तिम मिनेटमा बेर्नार्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे । ब्रुएनाको पासलाई सदुपयोग गर्दै सिल्भाले सिटीलाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफका इन्जुरी समयमा फोडेनले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
सिटीले इतिहादमा दोस्रो लेगको खेल मार्च ६ मा आयोजना गर्नेछ ।