एजेन्सी । ब्राजिलियन लिजेण्ड जिकोले लियोनल मेस्सी ब्राजिलका लिजेण्ड पेले र अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाको स्तरमा नपुगेको बताएका छन् ।
मेस्सीले हरेक सिजन बार्सिलोनाबाट उत्कृष्ट प्रदर्शन गरिरहेको भएपनि पेले र म्यारोडोनाको स्तरमा नपुगेको जिकोले दाबी गरेका छन् ।
'मेस्सी म्यारोडोना नजिक पुगेका छन् । त्यसको मतलब उनको तुलना पेलेसंग हुँदैन । मेस्सी अझै म्यारोडोनाको पछि छ भन्ने मेरो बुझाई छ,' ब्राजिलियन पुर्व मिडफिल्डर जिकोले भनेका छन् ।
यस सिजन मेस्सीले बार्सिलोनाबाट १५ गोल गरिसकेका छन् । मेस्सी हरेक सिजन ३० भन्दा बढी गोल गर्न सफल भईरहेका छन् । तर, जिकोले पेलेसंग अदभुत कला भएको र म्यारोडोनाले विश्वकप जितेको कारण मेस्सी दुई लिजेण्ड भन्दा पछि रहेको बताए ।
'पेलेलाई भगवानले बनाएको हो । उसंग फुटबल खेलाडीमा हुनु पर्ने हरेक गुण रहेको छ,' जिकोले थपे, 'मेस्सीसंग पनि हरेक गुण छ । तर, उनले विश्वकप जित्न सकेका छैनन् । जुन पेलेले जितेको छ ।'
यस्तै जिकोले म्यारोडोनाले अर्जेन्टिनालाई विश्वकप जिताईसकेको कारण मेस्सी म्यारोडोना नजिक नपुगेको बताए ।