एजेन्सी । अष्ट्रेलियाविरुद्वको चौथो तथा अन्तिम टेष्टमा भारतका चेतेश्वर पुजारा दोहरो शतक बनाउन ७ रनले चुकेका छन् । टेष्टको पहिलो दिन करियरको १८ औ शतक पुरा गरेका पुजारा दोहोरो शतकको निकै नजिक थिए ।
उनलाई अष्ट्रेलियाका नाथन लियोनले आउट गरे । उनी भारतीय भुमीमा धेरै रन बटुल्ने पहिलो भारतीय क्रिकेटर बनेका छन् ।
भारतले १ सय २४ ओभरमा ४ सय रन पार गरेको थियो । पाहुना टोली भारत पहिलो ईनिङ्समा ठुलो स्कोरतर्फ अगाडी बढिरहेको छ ।
भारतले ३ सय ३ रनमा ४ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको थियो । पुजारा १ सय ९३ र हनुमा विहारी ४२ रन बनाएर आउट भएका छन् ।
टस जितेर ब्याटिङ गरेको भारतका लागि पहिलो दिन मायाङ्का अग्रवालले ७७ रन बनाएका थिए । लोकेश राहुल ९ रनमा पवोलियन फर्किएका थिए । कप्तान विराट कोहली २३ र आजिक्या रहाने १८ आउट भएका थिए ।