एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्वको चौथो तथा अन्तिम टेष्टमा बिहिबार भारतले उत्कृष्ट सुरुवात गरेको छ ।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ४ विकेट गुमाएको ३०३ रन जोडेको छ ।
चेतेश्वर पुजाराले शतकीय इनिङस खेलेपछि भारतले उत्कृष्ट सुरुवात गरेको हो ।
पुजारा १३० रन बनाएर खेलिरहेका छन् । पुजराको यो तेस्रो टेष्ट शतक हो । पुजारालाई हनुमा बिहारीले ३९ रन बनाएर साथ दिईरहेका छन् ।
यस्तै भारतका लागि मयंक अग्रवालले ७७ रन जोडे । कप्तान बिराट कोहली २३ रनमा आउट हुँदा अजिन्का रहानेले १८ रन बनाए ।
अष्ट्रेलियाका जोश हजालवुडले २ विकेट लिए ।
घरेलु टोलीविरुद्धको ४ खेलको सिरिजमा भारत २ - १ ले अघि रहेको छ ।