एजेन्सी । लण्डन क्लब चेल्सीले प्रिमियर लिग फुटबलमा घरेलु मैदानमा बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको साउथह्याम्टनसंग गोल रहित बराबरी खेलेको हो ।
अंक बाँड्न परेपछि चेल्सी प्रशिक्षक माउरिजियो सर्रीले लण्डन क्लबलाई स्ट्राईकरको खाँचो रहेको औल्याए ।
७२ प्रतिशत खेल नियन्त्रणमा राखेपनि चेल्सीले गोल गर्न भने सकेन । पछिल्ला ११ खेलमा साउथह्याम्टनले पहिलो पटक अंक जोड्न सफल भयो । तरपनि तालिकाको पुछारदेखि तेस्रो स्थानमा छ ।
ईडेन हजार्ड र अल्भारो मोराटाले गोलका सुन्दर अवसर गुमाएका थिए । चोटका कारण ओलिभर जिराउडले घरेलु मैदानमा भएको खेलमा अनुपस्थित थिए ।
चेल्सी २१ खेलबाट ४४ अक जोड्दै तालिकाको चौथो स्थानमा यथावत छ । उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग अंक दुरी घटाउने मौका गुमाएको छ ।
साउडह्याम्पटन १६ अंक सहित रेलिगेशन जोनमा छ ।