काठमाडौं । बुद्धिचाल अर्थात चेस, एउटा दिमागी खेल । जसलाई चलाखी या सार्फ दिमागले खेल्ने खेलको रुपमा हेरिन्छ । नेपालमा चेस कतिलाई खेलको विधाहो भन्ने विषयमा धेरै ज्ञान छैन ।
अन्य खेलकुदको विधा जस्तै अहिले चेसले नयाँ आयाम लिएको । बिभिन्न चेसको प्रतियोगिताहरु अहिले भइरहेका छन् । धेरै खेलाडीहरुले यसलाई आफ्नो जीवन यापनको लक्ष्यको रुपमा पनि लिएका छन् ।
त्यस मध्यकी एक हुन् सुजना लोहनी । २४ वर्षिय लोहनीले चेस खेल्न थालेको १० वर्ष भयो । उनले देश र क्लबका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएकी छन् ।
सुजना राष्ट्रिय च्याम्पियन हुन् । त्रिभुवन आर्मी क्लबबाट राष्ट्रिय खेलकुदमा प्रवेश गरेकी उनले सातौं राष्ट्रिय खेलकुदमा कास्य, नेपागञ्जमा भएको आठौंमा एक स्वर्ण जितेकी उनले नवौं खेलकुद प्रतियोगितामा विभागीय टोलीका लागि तीन स्वर्ण जित्न सफल भएकी थिइन् । राष्ट्रिय चेस च्याम्पियनमा तीन पटक स्वर्ण जित्न सफल उनी अहिले चेसलाई प्रोफेसनल रुपमा जीवन भरसँगै लैजाने योजनामा छन् ।
सुरुवाती क्षणमा उनलाई पनि चेसको कुनै प्रतियोगिता हुन्छ या यो स्थानमा पुग्न सकिन्छ भन्ने विषयमा त्यति ज्ञान भएन । तर, विस्तारै खेल्दै जाँदा उनले यो सफलता चुम्न सकिन् ।
सुजनाका दाई सुरज लोहनी घरमा साथिसँग चेस खेलेर बस्थे । त्यसैमा सुजनालाई पनि आफूलाई चेस खेल्ने रहर जाग्यो । उनको सोही रहरले अहिले राष्ट्रिय च्याम्पियन बनायो ।
विधालय स्तरमा उनलाई चेसका लागि धेरै सहयोग भयो । ग्रनल्याण्ड हाइ स्कुलमा प्रकृती घिमिरेसँग उनले चेस खेल्ने गर्थिन । स्कुलमा चेस हलमा सुजना चेस खेल्न जान्तिन । त्यसमा मनिस हमाल जुन उनको पहिलो गुरु उनले सुजनालाई चेस खेल्न प्रेरणा ।
‘दाईले घरमा साथिसँग चेस खेल्नु हुन्थ्यो । मैले त्यसैबाट खेल्न सिके । मलाई त्यो समयमा चेसलाई नै प्रोफेसन हिसावमा लिएर एक दिन यो अवस्थामा पुग्छु भन्ने ज्ञान थिएन,’ सुजनाले सुरुवाती दिन सम्झदै भनिन् ।
सुजना अहिले नेपालको राष्ट्रिय स्तरमा हुने प्रतियोगिताहरुमा चिनिने र देखिने सर्वाधिक नाम हो । चेसमा च्याम्पियन भन्ने विषयमा उनको मुन मस्तिक्समा अहिले गुन्जि रहन्छ ।
‘मैले धेरै प्रतियोगितामा देश र क्लबका लागि प्रतिनिधित्व गरेकी छु । चेस अहिले मेरो साथि र च्याम्पियन मेरो लक्ष्या बनिसक्यो । यसलाई निरन्तरता दिएर एक दिन देशका लागि ठूलो सफलता हात पार्ने मेरो लक्ष्य छ,’ सुजनाले भनिन् ।
सुजनाको यो सफलतामा उनको परिवारको निकै ठूलो हात छ । खेलकुद त्यो पनि चेस । त्यति सहज उनको परिवारलाई थिएन । तर, सुजनाले चालेको पाहिलामा उनको परिवार कहिले बाधा बनेन । अझ उनको चेस यात्रामा ‘किङ र क्वइन’ जस्तै साथमा रहे ।
‘आज यो अवस्थामा पुग्दा परिवारको साथ धेरै छ । मैले उहाँहरुबाट पाएको साथ र हौसलालाई आफ्नो जितको विन्दुसम्म पुगाए । उसोत परिवारको साथबीनाको सफलताले खास्सै मिठास दिँदैन,’ सुजनाले भनिन् ।
सन् २०१६ मा अजरबैजानको बाकुमा भएको ४२ औं ओलम्पियाडमा वुमन्स चेस मास्टर, सन् २०१९, २०२२ र २०२३ को राष्ट्रिय च्याम्पियन, २०१७ मा यू–१९ राष्ट्रिय चेस च्याम्पियन सुजनाका उपलब्धिहरुका उदाहरण हुन् ।
त्यस्तै सन् २०२३ मा बंगलादेशको ढाकामा भएको एसियन जोन च्याम्पियनसिपमा छैटौं स्थान तथा दक्षिण एसियाली चेस काउन्सिल (एसएसीसी) ले आयोजना गरेको चेस च्याम्पियनमा पनि उनी कास्य पदक जित्न सफल भइन् ।
‘यो मेरो सुरुवाती सफलता हो । अझै धेरै सफलता हात पार्न बाँकी छ । देशका लागि सफल खेलाडी भन्ने मेरो सपना यसै तरिकाले सफल बन्दै गायो भने चाडै पूरा हुने मैले अपेक्षा गरेकी छु,’ सुजनाले भनिन् ।
सुजनाका बुबा पशुपती लोहनी र आमा बिन्दा लोहनी पनि अहिले छोरिको सफलतामा धेरै खुसीछन्, त्यसैले त उनीहरु छोरीको साथमा छन् । सुजनालाई अहिले यही खुसीमा खरो उत्रने चाहना छ ।