एजेन्सी । अफगानिस्तान आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि सिधै छनोट भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निकालेको टी-ट्वान्टी वरियताको शीर्ष आठमा रहेपछि अफगानिस्तानले सिधै विश्वकपको सुपर १२ मा स्थान बनाएको हो ।
आईसीसीबाट टेष्ट राष्ट्रको मान्यता पाएको १८ महिना पछि नै अफगानिस्तानले यो सफलता हात पारेको हो ।
यस्तै विश्वकपका लागि अफगानिस्तानसंगै आयोजक अष्ट्रेलिया, पाकिस्तान,भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रीका, न्युजिल्यान्ड र वेष्ट इण्डिजले पनि सुपर १२ मा स्थान बनाएका छन् ।
चार टेष्ट राष्ट्र श्रीलंका, बंगलादेश, जिम्बावे र आयरल्याण्डले सुपर १२ मा स्थान बनाउन छनोट खेल्नु पर्ने भएको छ ।
अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म आयोजना हुने विश्वकपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अन्य चार टोली भने विभिन्न छनोटमा आउनेछन् ।