एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । मंगलबार बेलुका भएको खेलमा लेष्टरले एभर्टनलाई १ - ० गोल अन्तरले हराएको हो ।
एभर्टनको मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन जेमी भर्डीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भार्डी नायक बन्दा लेष्टरले ३ अंक जोडेको हो । लेष्टरलाई जित दिलाउन भार्डीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरे ।
खेलमा घरेलु टोली एभर्टनले पटक जमाएपनि गोल गर्न नसक्दा खेल लेष्टरलाई सुम्पिन बाध्य भयो ।
एभर्टनमाथिको जितसंगै लेष्टरले २१ खेलबाट ३१ अंक जोडेको छ । र, लेष्टर लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २७ अंक जोडेर लिगको दशौं स्थानमा छ ।